संखुवासभामा विधुत् सर्ट हुँदा एकको मृत्यु, पाँच घाइते

होमल्याण्ड खबर

२०७६ बैशाख १९ गते, बिहीबार ११:०४ मा प्रकाशित

संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा विधुत् सर्ट भएर एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मृत्यु हुने २३ वर्षीय भुपाल वि.क. रहेको संखुवासभा प्रहरीले जनाएको छ ।
बुधवार बेलुका साढे ७ बजेको समयमा विधुत् बाल्ने क्रममा तथा मोवाइल चार्ज गर्ने क्रममा अचानक भोल्टेज धेरै आई करेन्ट लाग्दा स्थानीय भुपालसँगै ३६ वर्षीया तारा बि.क., १४ वर्षीया मन्जु बि.क., ६५ वर्षीया भगवती बि.क., ६० वर्षीय कुल बहादुर बि.क. र ५६ वर्षीय धनमान वनेम घाईते भएका थिए ।

घाईतेहरु मध्ये भुपाल, तारा, मन्जु र भगवतीलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएकोमा उपचारको क्रममा भुपाल बि.क.को राति १० बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
अन्य घाईतेहरुको उक्त अस्पतालमा उपचार भईरहेको छ भने कुल बहादुर र धनमानको बाह्रबिसे मेडिकल हल सभापोखरीमा उपचार भईरहेको छ ।