३० फाल्गुन २०८२, शनिबार
कुखुरमा देखिने गरेको बर्ड फ्लुको भाइरस नेपालमै पहिलो पटक मानिसमा देखिएको छ । सो भाइरसका कारण एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेका २१ वर्षीय एक युवक रहेको स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । ती युवकले बर्ड फ्लु भाइरस संक्रमणबाटै ज्यान गुमाएको पुष्टि भएको छ ।


बर्ड फ्लु संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका ती युवकको वैशाख १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले बताइन्। ती युवकको बर्ड फ्लुबाट मृत्यु भएको पुष्टि यही मंगलबार भएको हो।
कुखुरामा पटक पटक देखिएको बर्ड फ्लु नेपालमा पहिलोपटक मानिसमा पनि देखिएपछि सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।