गोरखामा जन्ती र बेहुली पक्षबीच कुटाकुट, १ को मृत्यु

होमल्याण्ड खबर

२०७६ बैशाख १९ गते, बिहीबार १६:२७ मा प्रकाशित

बिवाहमा जन्ती आएका युवकको कुटपीटमा मृत्यु भएपछि लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् ।

गोरखामा केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एकजनाको मृत्यु भएको छ । बुधबार गोरखा पालुङटार नगरपालिका ४ मा लमजुङको राइनस नगरपालिका ४ अल्कटारबाट आएका जन्ती र कुमाल गाउँका माइती पक्षबीच कुटाकुट भएको हो ।

कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । करिव दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले बिहीवार इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका हुन् ।

उनीहरुबीच पहिले केटी जिस्काएको विषयमा विवाद भएको र बेहुली लिएर र्फर्कने क्रममा १७-१८ जना युवाहरुले गाडी रोकेर जन्तीपक्षलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

यस्तै पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । करिव दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले बिहीवार इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका हुन् ।

ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइतेसमेत भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएका छन् ।