काठमाडौंसहित देशभर हावाहुरी, सतर्क रहन आग्रह

होमल्याण्ड खबर

२०७६ बैशाख २० गते, शुक्रबार ११:११ मा प्रकाशित

अब केहि समयमा नै काठमाडौंसहित देशभर हावाहुरी चल्ने मौसमविदहरुले जानकारी गराएका छन् ।

फानी नाम गरेको समुन्द्री आँधीको प्रभावका कारण नेपालमा पनि केहिबेरपछि काठमाडौंसहित देशभर हावाहुरी चल्ने भएकोले सबैले उक्त जोखिमबाट सतर्क रहन आग्रह गरिएको छ ।

मौसमविदका अनुसार, समुन्द्री आँधी जमिनमा पुग्नेवित्तिकै प्रभाव कम पर्ने भएकाले नेपालमा ठूलो असर नगर्ने अनुमान गरिएको छ । यसको प्रभाव शुक्रबार र शनिबार सम्म हुने बताइएको छ ।

फानी भारतको पूर्वी तटतर्फ अघि बढेको मौसमविदहरुले बताएका छन् । यसबाट हुने क्षति कमगर्न प्रभावित क्षेत्र अर्थात समुन्द्र किनारमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

 भारतको आन्द्रप्रदेश र तामिलनाडुमा उच्च सर्तकता अपनाइएको छ । यो आँधीबाट आठ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।