पोखरा विमानस्थलमा जाइरोकोप्टर दुर्घटना

होमल्याण्ड खबर

२०७६ बैशाख २४ गते, मंगलवार १६:०२ मा प्रकाशित

पोखरा विमानस्थलमा जाइरोकोप्टर दुर्घटना भएको छ ।

मंगलबार दिउँसो २ बजेतिर दृश्यावलोकन गरेर फर्केर ल्याण्ड गर्ने क्रममा धावन मार्गमा दुर्घटना भएको हो ।

जाइरोकप्टर ल्यान्ड गर्ने क्रममा चिप्लिएर बाहिर जाँदा दुर्घटना भएको विमानस्थलले जानकारी दिएको छ । जाइरोकोप्टरको पंखा भाचिएको छ भने सिसा फुटेको छ ।

जाइरोकोप्टरमा फ्रान्सेली पाइलट क्याप्टेन एरिक र पर्यटक अनिश भट्टचन सवार रहेको र दुवै सकुशल रहेको बताइएको छ ।

विमानस्थल भने सामान्य अवस्थामा चलिरहेको छ ।