१ चैत्र २०८२, आईतवार
अमेरिकी डाइभर्सिटी भिषा (डीभी) २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या देखिएको छ ।
एकै पटक अत्यधिक ‘एक्सस’ भएपछि यस्तो भएको हो ।


डिभीलटरी डट स्टेट डट जिओभी अमेरिकी सरकारको डीभी चिट्ठा नतिजा थाहा पाउने आधिकारिक वेबसाइट हो । मंगलबार राति नेपाली समयअनुसार ९ः४५ बजे नतिजा सार्वजनिक भएसँगै आवेदकहरुले सो साइट एक्सेस गर्न प्रयास गरिरहेका छन् ।
युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले ट्विट गर्दै डीभी आवेदकले एकै पटक उच्च संख्यामा ‘एक्सेस’ गरिरहेको जनाएको छ ।
नतिजा चेक गर्न कठिनाइ अनुभव गरिरहेका आवेदकहरुलाई ढिलो गरी आज वा भोलि नतिजा चेक गर्न ब्युरो अफ काउन्सिलरले आग्रह गरेको छ ।
जिओभीमा एकै पटक एक्सेस गर्ने निवेदकहरुको संख्या अति उच्च भएको छ’, ब्युरो अफ काउन्सिलरले भनेको छ, ‘जसका कारण केही आवदेकहरुले नतिजा जाँच गर्न अप्ठ्यारो अनुभव गरिरहनुभएको छ । हामी आज ढिलोगरी वा भोलि आफ्नो नतिजा हेर्न आग्रह गर्दछौं ।
डीभी २०२० को नतिजा गएराति सार्वजनिक भएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासकाअनुसार सन् २०१८ को अक्टोबरदेखि नोभेम्बरसम्म इडीभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डीभी चिट्ठाको परिणाम सार्वजनिक भएको हो ।
डीभीसम्बन्धी अवाञ्छित इमेलहरूको जवाफ नदिन दूतावासले सर्वसाधारणमा आग्रह गरेको छ । ‘दूतावासले डीभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल पठाउँदैन । डीभीसम्बन्धी अवाञ्छित इमेलहरूको जवाफ नदिनुहोला’, दूतावासले भनेको छ ।
कसरी चेक गर्ने डीभी नतिजा?
डिभीको नतिजालाई काठमाडौंका डीभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन डीभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डीभी भर्नेहरुले सोझै https://dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन् ।