१ चैत्र २०८२, आईतवार
काठमाडौं महानगपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल फारम भर्न आग्रह गरेको छ ।


यही वैशाख मसान्तसम्म फारम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले फारम भर्न छुटेकालाई काठमाडौं महानगपालिकाले आग्रह गरेको हो ।
कामपाका अनुसार, ३२ वडा रहेको कामपामा अहिलेसम्म जम्मा २७० जनाले मात्रै यस कार्यक्रममका लागि फारम भरेका छन् । यो सङ्ख्या अत्यन्तै कम हो ।
जानकारी नभएर धेरैले आवेदन फारम भर्न नसकेको भए तत्काल फारम भर्न सकिने र फारम समय अझै केही दिन बाँकी रहेको पनि कामपाले बताएको छ ।
एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ ।
आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने छ ।
महानगरका ३२ वडामा वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट भने एउटा पनि आवेदन नपरेको महानगरले जनाएको छ ।सूचीमा परेकाले १०० दिनको काम पाउने, काम नपाउनेले निर्वाह भत्ता पाउने व्यवस्था रहेको छ । यसका लागि बेरोजगार नागरिक सम्बन्धित वडाको वडा कार्यालयमा गएर फारम भर्नुपर्ने छ ।
उक्त कार्यक्रम गत फागुन १ गते प्रधानमन्त्रीले उद्घाटन गरेका थिए । रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग काममा जोडिने जनाइएको छ ।