१० मंसिर २०८१, सोमबार
पूर्वाञ्चलको
रणनीतिक महत्वको काबेली करिडोर
प्रसारण लाइन पूर्ण
रुपमा सञ्चालनमा आएको
छ । गत
शनिबारदेखि परीक्षण गरिएको सो
प्रसारण लाइन मङ्गलबार
साँझदेखि व्यावसायिक रुपमा नै
सञ्चालनमा आएको छ
।
कूल १३२ केभी
क्षमताको डबल सर्किट
प्रसारण लाइन आयोजनाको
दोस्रो खण्ड सञ्चालनमा
आएपछि सो करिडोरमा
निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित
विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन
सहज हुने भएको
छ । इलामको
गोदकदेखि पाँचथरेको फिदिम खण्डको
प्रसारण लाइन मङ्गलबार
साँझ ५२० बजेबाट
सञ्चालनमा आएको आयोजना
प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिए
। “शनिबारदेखि हामीले
परीक्षण प्रसारण शुरु गरेका
थियौं, गोदक–फिदिम
खण्ड मङ्गलबार साँझ
५.२० मा
र दमक– लखनपुर,झापा– फिदिम खण्ड
साँझ ६.१०
बजे चार्ज गर्न
सफल भएका छौं”,
उनले भने ।
इलामको सोयाकबाट एउटा लाइन
गोदक र अर्को
लाइन लखनपुरतर्फ लगिएको
छ । सोयाकबाट
दुवै लाइन पाँचथरको
फिदिमस्थिति थापाटार सवस्टेसनमा जोडिएको
। कूल ४२.८८ किलोमिटर
लम्बाइ भएको प्रसारण
लाइनको दोस्रो खण्डमा १२६
टावर रहेका छन्
। फिदिम–अमरपुर
(पाँचथर) तेस्रो खण्डको निर्माण
अगामी असारभित्रमा सम्पन्न
गरी प्रसारण लाइन
सञ्चालनमा ल्याइने उनको भनाइ
छ ।
पाँचथर र ताप्लेजुङमा
रहेका काबेली, हेवा,
माईलगायतका खोलामा निर्माण हुने
जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका
लागि काबेली करिडोर
निर्माण गरिएको हो ।
सो प्रसारण लाइन
सञ्चालनमा आएपछि निजी क्षेत्रका
ऊर्जा उद्यमीलाई त्यसले
सबैभन्दा बढी फाइदा
पुग्नेछ ।
झापाको लखनपुरबाट शुरु भएको
कूल ९१ किलोमिटर
प्रसारण लाइन इलाम,
पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै
अमरपुरसम्म पुग्छ । प्रसारण
लाइनलाई तीन खण्डमा
विभाजन गरी निर्माण
गरिएको हो ।
आयोजनाले निर्माण गर्नुपर्ने कूल
२६१ वटा टावरमध्ये
तेस्रो खण्डको एउटा टावर
मात्रै काम बाँकी
छ । सो
टावरको कामसमेत एकाध दिनभित्रै
सम्पन्न हुने आयोजनाले
जानकारी दिएको छ ।
लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारणलाइन २०७२ को असोजदेखि सञ्चालनमा आइसकेको छ । सोही खण्डमा सानीमा माई जस्ता आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ । आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२-३३-११ केभी सवस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।
प्रसारण लाइनको बाटोमापर्ने जग्गाको सतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, मार्ग परिवर्तन गर्नुलगायतका माग राखी इलामको मङ्गलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयवासीले प्रसारणलाइन निर्माणमा अवरोध गरेका थिए ।
समस्या समाधानका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गतवर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गर्नुभएको थियो । कार्यकारी निर्देशक घिसिङले स्थानीयवासीसँग छलफल गरेपछि समस्या समाधान गर्न तयार भए । अवरोध समेत हट्यो ।
काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिने छन् । हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ ।
दुवै आयोजनाबाट उत्पादित विद्युत् थापाटार सवस्टेसनमा जोडिने छन् । काबेली करिडोर प्रसारणलाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको थियो ।
कूल तीन करोड १० लाख अमेरिकी डलर लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले प्रसारणलाइन सम्पन्न हुनु आफूहरुका लागि पनि खुशीको विषय भएको बताएको छ ।
इपानका अध्यक्ष शैलेन्द्र गुरागाइंले काबेली करिडोर जस्तै अन्य करिडोरको प्रसारणलाइन समेत समयमै सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण लाग्नुपर्ने बताए । रासस