आजपनि हावाहुरीसहित वर्षा हुनेः सतर्क रहन विभागको आग्रह

होमल्याण्ड खबर

२०७६ बैशाख ३० गते, सोमबार १०:२७ मा प्रकाशित

आज पनि उपत्यकासहित देशका विभिन्न केहि भूभागमा मौसम बदली भई मेघ गर्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। यसका लागि सतर्क रहन विभागले आग्रह गरेको छ।

महाशाखाका अनुसार दिउँसो मौसम खुल्ने र साँझपख पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

मध्यक्षेत्रका केहि स्थानमा र पूर्वी तराईमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति पनि देशभरि आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।