आज साँझपख देशभर हावाहुरी र चट्याङ सहित पानी पर्ने

होमल्याण्ड खबर

२०७६ जेष्ठ २ गते, बिहीबार ११:४२ मा प्रकाशित

आज उपत्यकासँगै देशका धेरैजसो भूभागमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार, साँझपख उपत्यकासँगै मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमी पहाडी क्षेत्रमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ ।

बुधबार र बिहीबार पश्चिममा पश्चिमी वायु तथा मध्य तथा पूर्वमा विकास भएको न्यूनचापीय प्रणालीको कारणले देशको मौसममा बदली भएको हो ।

बुधबार राति उपत्यकामा ५ दशमलव ९ मिलीलीटर वर्षा भएको छ । राति पानी परे पनि उपत्यकाको मौसम अहिले खुलेको छ ।