१ चैत्र २०८२, आईतवार
मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले आज शुक्रबार संसद भवन अगाडि प्रदर्शन गर्दैछ ।
महासंघले आज दिउँसो १२ बजे संसदबाहिर प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासंघका उपाध्यक्ष दिलिप थापा मगरले जानकारी दिए ।


उनले पत्रकारहरुले प्रयोग गर्ने सामग्रीहरु प्रदर्शन गर्दै विरोध कार्यक्रममा उपस्थित हुन समेत सम्पूर्ण पत्रकारहरुलाई आग्रह गरेका छन् ।
आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको उनको भनाई छ ।
यसैगरी जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित बिहान १० बजे प्रदर्शन गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्करराज बुढाथोकीले जानकारी दिए ।