झापाबाट काठमाडौं आउँदै गरेको बस धादिङको आदमघाटमा दुर्घटना

होमल्याण्ड खबर

२०७६ जेष्ठ ५ गते, आईतवार ०८:२६ मा प्रकाशित

झापाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेको छ । ना ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाट नजिकै दुर्घटनामा परेको हो । 

गजुरी प्रहरीका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या चार पुगेको छ । १४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने केहीको गल्छी र गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तीनजना पुरुष र एकजना महिला भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिएका छन् । दुर्घटनामा २९ जना घाइते भएका छन् । बस पानीमा आधा डुबेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने र अहिले पनि उद्धार कार्य जारी रहेको उनले बताए ।