सिमेन्टका बोरा लेमिनेसन गर्न सरकारलाई सर्वोच्चको आदेश

होमल्याण्ड खबर

२०७६ जेष्ठ ७ गते, मंगलवार १०:४५ मा प्रकाशित

सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ ।

सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा स्वास्थ्य समस्यासहित वातावरणीय प्रदुषण फैलिएको भन्दै सर्वोच्चले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको हो ।

सर्वोच्चले मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भौतिक योजना, निर्माण तथा यातायाता व्यवस्था मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका नाममा आदेश दिएको हो ।

लेमिनेसन गरेको बोरामा सिमेन्टको प्याकिङ हुनुपर्ने विषय उपभोक्ताको हित, जनस्वास्थ्य र स्वाच्छ वातावरणका लागि अपरिहार्य विषय रहेको आदेशमा उल्लेख गरिएको छ ।