१ चैत्र २०८२, आईतवार
सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घर नजिकै झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ ।
हत्या गरिएको २ घरकोबीच भागमा एकजना पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेका हो ।


मृत भेटिएका उनी बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिम रहेको अनुमान प्रहरीले गरेको छ ।
उक्त घटनामा एक बालिका भागेर बाँच्न सफल भएकी थिइन् ।
भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए।
स्थानीयले घटनाबारे मंगलबार बिहान मात्रै थाहा पाएका थिए।