प्रहरीसँगको मुटभेदमा गोली लागेका विप्लवका कार्यकर्ताको मृत्यु

होमल्याण्ड खबर

२०७६ जेष्ठ ८ गते, बुधबार १०:३४ मा प्रकाशित

भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।  गोली लागेर गम्भीर घाईते भएका तीर्थराज घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार साँझ भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा प्रहरीले उनीमाथि गोली चलाएको थियो । गस्तीमा रहेका बेला विप्लवा कार्यकर्ताले आफुहरुमाथि गोली चलाएकाले जवाफी कार्वाही गर्दा उनलाइ गोली लागेको प्रहरीको भनाइ छ । 

स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई मंगलबार नै धरान लगिएको थियो ।

उनको उपचारकामा ढिलाइ भएका कारण् मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

खतिवडाका अनुसार भोजपुर नगरपालिकाको भैसीपंखाको आइतबारे भीर नजिकै पहिरो खसेकाले एम्बुलेन्स जान नसक्दा उपचारमा ढिलाइ हुन पुगेको थियो । 

सडक खुलाइएपछि धरान पुर्याइएका घिमिरेको बुधबार बिहान ३ बजे धरानको घोपा क्याम्पमा ज्यान गएको हो । उनको तिघ्रामा गोली लागेको थियो ।