बैतडीमा एकैघरका तीनको जलेर मृत्यु

होमल्याण्ड खबर

२०७६ जेष्ठ ९ गते, बिहीबार ०९:३३ मा प्रकाशित

बैतडीमा बुधबार राती आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेको प्रहरीले जनाएको छ ।

पुर्चौडी नगरपालिका–५ कुवाकोट स्थायी घर भई पुर्चौडी नगरपालिका –७ बसपार्कमा टहरा बनाएर बस्दै आएका लुहार परिवारको बुधबार राति खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो सल्केर आगलागी हुँदा मृत्यु भएको हो ।

बुधबार राति पौने १० बजेतिर आगो लागेको तर लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए ।