९ मंसिर २०८१, आईतवार
भारतमा भएको १७ औं लोकसभा चुनावको मतगणना जारी छ । बिहारको बेगुसरायमा चर्चित बामपन्थी युवा नेता कन्हैया कुमार मतगणनामा पछि परेका छन् ।
त्यहाँ भाजपाका गिरिराज सिंहले अग्रता लिएका छन् । बहुचर्चित भारतीय कम्युनिष्ट पार्टीका प्रत्यासी कन्हैया कुमार दोस्रो नम्बरमा छन् ।
कन्हैया गिरिराज भन्दा ९० हजार २ सय ५३ मतले पछि परेका छन् ।
पछिल्लो मतगणना अनुसार कन्हैयाले ८२ हजार २ सय ५३ मत प्राप्त गरेका छन् भने गिरिराजले १ लाख ७२ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् ।