१ मंसिर २०८१, शनिबार
उत्तरप्रदेशको अमेठीमा भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीले हराएकी छन् ।
केन्द्रीय मन्त्रीसमेत रहेकी इरानीले गान्धीलाई ५५ हजार १ सय २० मतान्तरले पछाडि पार्दै लोकसभा निर्वाचनमा जित हात पारेकी हुन् ।
इरानीले ४ लाख ६८ हजार ५ सय १४ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी गान्धीले ४ लाख १३ हजार ३ सय ८४ मत ल्याए ।
कङ्ग्रेस पार्टीको वर्चस्व रहँदै आएको सो निर्वाचन क्षेत्रमा उनले दोस्रो प्रयासमा गान्धी परिवारको यो गढ कब्जा गर्न सफल भइन् ।