विमानस्थलबाट नक्कली भारतीय रुपैयाँसहित ६ जना पक्राउ

होमल्याण्ड खबर

२०७६ जेष्ठ १० गते, शुक्रबार १४:३३ मा प्रकाशित

६ करोड भन्दा धेरै नक्कली भारतीय रुपैयाँसहित ६ जना विमानस्थलबाट पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलमा कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा चेकिङका क्रममा दुई हजार दरका नक्कली भारतीय रुपैयाँ बरामद भएको हो ।

पक्राउ पर्नेमा दोहाबाट आएका पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर, महमद अक्तर र पैसा लिन विमानस्थल पुगेका नेपालीहरु युनिस अन्सारी, सोयर खान र सुजन रानाभाट छन्।

उनीहरु कतार एयरवेजबाट शुक्रबार बिहान नेपाल आएका थिए । सो सामान लिन गएका युनुस अन्सारीलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।