९ मंसिर २०८१, आईतवार
बीबीसी । ब्रिटेनकी प्रधानमन्त्री
टेरिजा मेले पदबाट
राजीनामा दिने घोषणा
गरेकी छन् ।
उनले नयाँ प्रधानमन्त्री
चयनका लागि बाटो
खोल्दै आगामी जुन ७
मा राजीनामा दिने
बताएको बीबीसीमा उल्लेख छ
।
डाउनिङ स्ट्रीटमा भावुक हुँदै
गरिएको सम्बोधनमा टेरिजाले सन्
२०१६ मा भएको
जनमत संग्रहको परिणामलाई
सम्मान गर्न आफूले
भरपूर प्रयास गरेको
बताइन् । उनले
ब्रेक्जिटमा सफल हुन
नसक्दा ‘गहिरो दुःख’ लागेको
बताइन् ।
आफ्नो ब्रेक्जिट सम्झौताका लागि समर्थन जुटाउन प्रयास गरेको उनको भनाइ थियो । टेरिजाले कन्जरभेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएसँगै आफ्नो उत्तराधिकारी चुन्ने प्रक्रिया सुरू हुने बताएकी छिन् ।
यो घोषणाका क्रममा उनी भावुक हुँदै रोएकी थिइन् । उनले कम्पनयुक्त स्वरमा भनिन्, ‘‘प्रधानमन्त्री बन्नु मेरो जीवनको सबैभन्दा गर्वको कुरा थियो । म दोस्रो महिला प्रधानमन्त्री रहे तर, निश्चित रूपमा अन्तिम होइन् ।’’