मोदी सर्वसम्मत संसदीय नेता, शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी

होमल्याण्ड खबर

२०७६ जेष्ठ १२ गते, आईतवार १०:०९ मा प्रकाशित

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत चुनिएका छन् ।

भाजपा नेता सिंहले अन्य उम्मेदवारी नपरेको भन्दै मोदी एनडीए नेताका रूपमा सर्वसम्मत चुनिएका हुन् ।

भाजपा नेता मोदीलाई भाजपाको संसदीय दलको नेताका रूपमा प्रस्ताव भाजपा अध्यक्ष अमित शाहले प्रस्ताव गरेका थिए भने नेता राजनाथ सिंहले समर्थन गरेका थिए ।

भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) एक्लै ३०३ सिटमा विजयी भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । भाजपाको नेतृत्वको एनडीएले ३५० सिट जितेको छ ।

बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजिनामाको प्रस्ताव गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गरेका थिए ।

भारतीय संसदीय परम्परा अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको हो ।

मोदीले आगामी शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी भइरहेको छ ।