बेलायती नागरिकको सगरमाथा चढेको केहीबेरमै मृत्यु

होमल्याण्ड खबर

२०७६ जेष्ठ १२ गते, आईतवार ११:२५ मा प्रकाशित

एक जना बेलायती नागरिकको शनिबार सगरमाथा आरोहण गरे लगत्तै मृत्यु भएको बीबीसीले जनाएको छ ।  यो सिजनमा सगरमाथामा मृत्यु हुनेको संख्या अब १० पुगेको समेत बीबीसीले उल्लेख गरेको छ । ४४ वर्षिय रोबिन हायनेज फिसर शनिबार मृत्यु भएका  बेलायती नागरिक शिखरबाट ओर्लने क्रममा बिरामी परेका थिए ।

आइरिस नागरिक केभीन हाइनेजको पनि गएको शुक्रबार  सगरमाथामा मृत्यु भएको थियो ।  चुचुरोमा धेरै भीड भएको समेत रिपोर्टहरु आएको समाचारमा जनाइएको छ । बेलायती नागरिक चुचुरोबाट १५० मिटर तल झरेपछि मृत्यु भएको जनाइएको छ । गाइडले मद्धत गर्न खोजेपनि उनी एक्कासी लडेको उनको आरोहणमा संलग्न एभरेस्ट परिवार एक्सपेडिसनका मुरारी शर्माले बताएका छन् ।