९ मंसिर २०८१, आईतवार
बेलायती प्रधानमन्त्री टेरेजा मेले राजीनामा घोषणा गरेपछि त्यहाँ भावी प्रधानमन्त्री को हुने भन्ने चर्चा हुन थालेको छ ।
टेरिजा मेले शुक्रबार प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी पछि अहिलेसम्म पाँच जना यो दौडमा लागिसकेका छन् । उनले पार्टीले नयाँ नेता चयन नगर्दासम्म आफूले प्रधानमन्त्रीको पद सम्हालीरहने बताएकी थिइन् । आगामी ७ जुनमा नयाँ प्रधानमन्त्री चयन गरिने छ ।
दौडमा लाग्नेमा विदेशमन्त्री जेरेमी हन्ट, पूर्व विदेशमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री मैट हेनाक, रोरी स्टुअर्ट र एस्टर मैक्के छन् ।
सत्ताधारी पार्टीभित्रको नेतृत्वको प्रतिस्पर्धाले नै युकेको भावी प्रधानमन्त्री को हुन्छ भन्ने निर्धारण गर्दछ ।