१ चैत्र २०८२, आईतवार
आइतबार बेलुका काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका बम विस्फोटमा परी चारजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । उपत्यकाका सुकेधारा, घट्टेकुलोमा ठूला विस्फोट भए । त्यहाँ भएका विस्फोटमा परी चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते छन् । सुकेधारामा भएको विस्फोटमा परी तीनजनाको र घट्टेकुलोमा भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
घाइतेहरुको ओम र ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ओम अस्पतालमा रहेका ३ जनाको आईसीयूमा उपचार भइरहेको छ भने ट्रमा सेन्टरमा उपचार गराइरहेका दुईजनाको पनि अवस्था गम्भीर रहेको छ । सुकेधारा, घट्टेकुलो, नागढुंगा, ग्वार्को, सातदोबाटो, लगनखेल बसपार्कलगायतका स्थानमा बम फेला परेको थियो । तीमध्ये तीनवटा ठाउँमा बम विस्फोट भए भने तीन ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको थियो ।


नागढुंगामा आफैंले बोकेको बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी दुईजना घाइते भएका छन् । अहिलेसम्म घट्टेकुलोमा भएको विस्फोटमा परी मृत्यु भएका एकजनाको मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा विप्लव समूहका विद्यार्थी नेता प्रज्ववल शाही भएको प्रहरीले जनाएको छ । अन्य तीनजनाको पहिचान हुन सकेको छैन । उनीहरू पनि विप्लव निकट रहेको प्रहरी आशंका भए पनि पहिचान भने हुन सकेको छैन ।
दुबै स्थानमा बम बनाउने क्रममा नै विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुकेधारामा भएको विस्फोटमा घाइते भएका नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले बम बनाउने क्रममा नै विस्फोट भएको प्रहरीसमक्ष बताएका छन् । उक्त विस्फोट एक सैलुनमा भएको थियो । सैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन् । महर्जन, ठाकुर र विष्णु खड्का घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घट्टेकुलो विस्फोटमा शाहीको मृत्यु
भएको छ भने
रविन केसी घाइते
भएका छन् ।
उनको ट्रमा सेन्टरमा
उपचार भइरहेको छ
। प्रहरी प्रवक्ता पोखरेलका
अनुसार विस्फोटमा परी मृत्यु
हुने सबै विप्लव
समूहकै नेता कार्यकर्ता
भएको प्रहरी आशंका
छ । अनुसन्धानकै
क्रममा रहेकाले पुष्टि भने
हुन बाँकी छ
।
विस्फोटमा सुकेधारामा चारजना, अनामनगरमा
एकजना र चन्द्रागिरी
नगरपालिकामा दुईजना घाइते भएका
हुन् ।