पोखराका विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला

होमल्याण्ड खबर

२०७६ जेष्ठ १३ गते, सोमबार १०:२८ मा प्रकाशित

पोखराका विभिन्न तीन ठाउँमा शङ्कास्पद वस्तु फेला परेका छन् ।

आज बिहान सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ ।

सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि चलेका छैनन् र शैक्षिक संस्थाहरु पनि बन्द छन् ।

कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जानकारी प्रहरीले गराएको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा पनि अन्य ठाउँहरुमा जस्तै परेको छ ।