१ चैत्र २०८२, आईतवार
गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार दिउँसो काठमाडौंमा भएको बम विस्फोटमा संलग्न ब्यक्तिहरु नागरिक नभएको बताएपछि कांग्रेस सांसदहरुले यसको जवाफ मागेका छन् ।
सोमबार संघीय संसद बैठकमा घटनाको जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले विष्फोटमा परी मृत्यु भएका व्यक्तिहरु नागरिक होइनन् भनेपछि कांग्रेस सांसदहरुले यसको विरोध गरेका हुन् ।


बैठकमा बोल्दै सांसद डा. मीनेन्द्र रिजालले घटनामा संलग्न भएकाहरु नगरिक नभएको भनी गृहमन्त्रीले दिएको स्पष्टिकरण चित्त बुझ्दो भएन उनीहरु पनि नेपाली नागरिक हुन् तर उनको क्रियाकलाप गलत भएको बताए ।
उनले भने, ‘गृहमन्त्रीले दिएको जवाफ के हो ? विस्फोटमा मर्ने नेपाली नगरिक हुन्, कसरी नेपाली होइनन् ?’
यस्तै सांसद पुष्पा भुसालले बम विष्फोटमा परी मृत्यु भएका व्यक्तिहरुका बारेमा प्रष्ट जवाफ दिन सरकारसँग माग गरेकी छन् ।