१ मंसिर २०८१, शनिबार
दोस्रो पटक कार्यभार सम्हाल्न लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सरिक हुने भएका छन् ।
मे ३० बिहीबार प्रधानमन्त्री मोदीले दोश्रोपटक भारतीय प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन् ।
भारतीय लोकसभा निर्वाचनको बिहीबार प्राप्त नतिजाअनुसार भाजपा एक्लैले ३०३ सिट र भाजपा गठबन्धनले ३५३ सिट प्राप्त गरेपछि नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा दोस्रोपटक शपथ लिन लागेका हुन् ।
मोदीको सपथग्रहणमा ओली पनि सरिक हुने उच्च स्रोतले जनाएको छ ।
सो समारोहमा भाग लिन नेपाल लगायतका विमस्टेक सदस्य राष्टहरुलाई निमन्त्रणा गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले ट्वीटमार्फत जानकारी दिएका छन् ।
यसअघि सार्क अध्यक्ष लगायत सदस्य राष्टका प्रमुखहरुलाई सपथ समारोहमा निमन्त्रणा गर्ने चलन थियो । तर यो पटक भने विमस्टेक सदस्य राष्टका प्रमुखहरुलाई निमन्त्रणा गरिएको हो ।
प्रथम पटक २०१४ मा भारतका प्रधानमन्त्री बनेका बेला मोदीले सार्कका सबै मुलुकका सरकार प्रमुखहरुलाई आफ्नो सपथग्रहण कार्यक्रममा बोलाएका थिए । त्यसबेला तत्कालीन प्रधानमन्त्री शुसिल कोइराललाले मोदीको सपथ कार्यक्रममा सहभागिता जनाएका थिए ।
संघीय संसद्मा बुधबार आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट पेस गरिने भएकाले प्रधानमन्त्री ओली शपथग्रहणकै दिन बिहीबार बिहान दिल्ली जाने पनि स्रोतले जनायो । बिहीबार साँझ ७ बजे शपथग्रहण सहभागी भएर उनी भोलिपल्ट काठमाडौं फर्कनेछन् । दिल्ली बसाइ क्रममा ओली र मोदीबीच द्विपक्षीय विषयमा छलफल हुने सम्भावना छ ।