१० मंसिर २०८१, सोमबार
रमन कन्स्ट्रक्सनले यो वर्षको उत्कृष्ट निर्माण कम्पनीको अर्वाड हात पर्न सफल भएको छ । व्यवसायी महासंघ नेपालसँगको सहकार्यमा कन्स्ट्रक्सन टाइम्स म्यागेजिन इन्डियाले उत्कृष्ट व्यवसायी तथा निर्माण कम्पनीले नेपाल इन्फ्रास्टक्चर एण्ड कन्स्ट्रक्सन एक्सेलेन्सले ९नाइस० रमन कन्स्ट्रक्सनलाई अवार्ड प्रदान गरेको हो ।
समारोहका प्रमुख अतिथि, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सनाले उत्कृष्ट व्यवसायी तथा निर्माण कम्पनीलाई अवार्ड प्रदान गर्दै सरकारको सुखी नेपाली, समृद्ध नेपालको नारा सार्थकतामा परिणत गर्न निर्माण व्यवसायी मुख्य साझेदार भएकोले विश्वव्यापी व्यावसायिक अभ्यासलाई आत्मसाथ गर्दै समयमै निर्माण आयोजना सम्पन्न गर्ने बाटो लाग्न अनुरोध गरेका छन् ।
नाइस अवार्डको आयोजक कन्स्ट्रक्सन टाइम्सका प्रकाशक तथा सम्पादक रामामुर्थी मायावनले नेपालको दु्रत विकासको लागि निर्माण तथा संरचना विकासमा सरकारले अवलम्बन गरेको नीति र कार्यक्रमको प्रशंसा गरे । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अवार्डले विजेतालाई मात्र होईन समग्र निर्माण उद्योगलाई समेत प्रेरणा दिएको बताए ।
विजेता कम्पनीका प्रबन्ध निर्देशक पवन महतोले अवार्डले निर्माण व्यवसायीलाई निर्माण कार्यमा उत्कृष्ट रणनीति र कडा मिहेनतको बाटो अवलम्बन गर्न प्रेरणा दिने बताए । अवार्डमा विभिन्न विधामा प्राप्त ८५ आवेदनबाट विज्ञ सम्मिलित निर्णायक मण्डलले २१ वटा उत्कृष्ट निर्माण कम्पनीलाई अवार्ड प्रदान गरेको थियो ।