९ मंसिर २०८१, आईतवार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा सोमबार दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानमा अवतरण गर्नु अघि नै आगो लागिसकेको बताइएको छ । युएस बंगलाको विमानमा दिउँसो सवा २ बजेपछि आगो लागेको हो । धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार ओगो निभाउन विमानस्थलको दमकल, नेपाली सेना, नेपाल प्रहरी सबै भन्दा पहिले आएको थियो । पछि काठमाडौँ तथा ललितपुर महानगरपालिका दमकल थपिए । दुर्घटनामा परेका यात्रुको उद्धारकार्य जारी छ