टेलिकमको पुरानो बक्यौता बुझाउनेलाई जरिवाना छुट

होमल्याण्ड खबर

२०७६ जेष्ठ १५ गते, बुधबार १४:४७ मा प्रकाशित

नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकले पुरानो बक्यौतामा छुट पाउने भएका छन् । टेलिकमले पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको हो ।

टेलिकमको छुट योजनाअनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको छ । टेलिकमले आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने जनाएको छ । पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको हो ।