प्रधानमन्त्री ओली एक हप्ते युरोप भ्रमणमा जाँदै

होमल्याण्ड खबर

२०७६ जेष्ठ १९ गते, आईतवार १६:०७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली एक हप्ते युरोप भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री ओली यही जेठ २५ गतेदेखि एक हप्ते लामो युरोप भ्रमणमा जाने भएका हुन्।

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएको छ।

यही जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभामा सहभागी हुन उनी त्यसतर्फ जाने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायत, फ्रान्स र स्विटजरल्यान्डको भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।