९ मंसिर २०८१, आईतवार
इन्टरनेट सेवा प्रदायकले आगामी साउन १ गतेदेखि इन्टरनेटको मूल्य २० प्रतिशतसम्म बढाउने तयारी गरेका छन् ।
अघिल्लो वर्ष राखिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क यो वर्ष फिर्ता नभएकाले इन्टरनेटको मूल्य बढाउन लागिएको हो ।
उनीहरुले आफुहरु वित्तीय रूपमा नाजुक अवस्थामा रहेको र अब पनि मूल्य समायोजन गरेर बस्न नसक्ने बताएका छन् ।
अब टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुलउपर गर्नु पर्नेछ ।
बुधबार अर्थमन्त्री खतिवडाले संसदमा पेस गरेको आर्थिक विधेयकमार्फत इन्टरनेटमा लाग्ने थप १३ प्रतिशत शुल्कलाई यो वर्ष पनि निरन्तरता दिइने बताएका थिए ।