विश्वकप क्रिकेटः पहिलो जितका लागि श्रीलंका र अफगानिस्तान भिड्दै

होमल्याण्ड खबर

२०७६ जेष्ठ २१ गते, मंगलवार ११:१६ मा प्रकाशित

१२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार एक खेल हुँदै छ ।

आज हुने खेलमा श्रीलंका र अफगानिस्तानबीच कार्डिफस्थित सोफिया गार्डेनमा प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ ।

दुवैको यो दोस्रो खेल हो । दुवै टोली आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पहिलो खेलमा श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।

श्रीलंका र अफगानिस्तान एकदिवशीय क्रिकेटमा अहिलेसम्म ३ पल्ट आमने सामने भएकोमा २ खेल श्रीलंका र १ खेल अफगानिस्तानले जितेको छ ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।