१० मंसिर २०८१, सोमबार
सरकारले सहि तरिकाले काम गर्न नसक्दा निर्माण क्षेत्रमा त्यसको नराम्रो असर परेको छ । पछिल्लो समय नेपाली बजारमा उद्योग कलकारखाना बढ्दै गए पनि सहिरुपले बजार लिन सकेको छैन ।
त्यस्तै उत्पादन क्षेत्रको र वजारको हिसाबले सबै भन्दा बढि व्यापार पाउने भनेको निर्माण सामग्रीकोे हो । स्टिल, सिमेन्ट, पेन्ट्स, इटा, अन्य उद्योग भन्दा वढी व्यस्त देखिन्छ । यति सानो बजारमा पनि सिमेन्ट, पेन्ट्स, स्टिल गरि १५० भन्दा बढि कलकारखाना सञ्चालनमा आएको छन् । अझै पेन्टस क्षेत्रमा लोकल देखि ठुला ठुला मल्टी नेश्नल कम्पनीको पनि राम्र सहभागिता रहेको छ ।
नेपाली बजारमा सबैभन्दा बढी विक्री हुने पेन्ट्स मध्य एसियन, बर्जर, केएन पि जापान पेन्ट्स रहेको पछिल्लो सबेक्षणले देखाएको छ । तर पछिल्लो समयमा बर्जर, केएन पि जापान पेन्ट्स ठुला ठुला प्रोजेक्ट, सरकारी काम लिन सफल भएको छन् ।
नेपालमा मात्र नभई इन्डियामा पनि एक नम्वरको कम्पनी मानिएको एसियन पेन्ट्स पछिल्लो समय नेपाली बजारमा यसको बजार खस्कदो छ । एसिएन पेन्ट्सले उत्पादन गर्ने वस्तुहरुमा लिड भाग पनि बढी भएको हुनाले यसको व्यापारमा कमि आएको पेन्ट्स व्यापारी तथा ठेकेदार लक्षुमण रेयले बताए । बजार पहिलेको जस्तो होईन अहिले हरेक मानिसले आफनो स्वास्थको बढी ख्याल गर्ने भएको कारणले गर्दा लिड भएको पेन्ट्समा बिक्रीमा कमी आएको हो ।
एसियन पेन्ट्सले बजारमा एकाधिकार गर्न खोजेको त्यसको विरोधमा डिलरहरुले सामान कम बेच्नुमा पनि पछिल्लो विवरण अन्य वर्षको तुलनामा यो सिजनमा निकै कम व्यापार भएको बुटवला एक डिलरको भनाई छ ।
एसियन पेन्ट्सको उत्पादन लोकल कम्पनीले उत्पादन गरेको कम्पनी भन्दा गुणस्तर कम भएको र्पेंटरहरुले बताए । पेन्ट्सका डिलरहरुले नेपाली पेंट क्षेत्रमा एकाधिकार जमाउन खोजेको पेन्ट्सका डिलरहरुलाई धम्काउने,थर्काउने, सि एन रोक्ने अरुको कम्पनीको पेंट बेचन नपाईने भनेर साइन गराउने जस्ता क्रियाकलाप गर्दै आएको छ ।
एसियन पेन्ट्सका काठमाण्डौ, ललितपुर, बुटवल र नेपालगन्जका डिलरले आव्श्यक पर्दा जुन समयमा पनि प्रमाण सहित दिन सक्ने बताएका छन् । यस्तै गतिविधिले गर्दा पछिल्लो समयमा एसियन पेन्ट्सले आफ्नो शाखा गुमाउदै गएको छ ।