आज विश्व वातावरण दिवस, विविध कार्यक्रम गरी मनाइँदै

होमल्याण्ड खबर

२०७६ जेष्ठ २२ गते, बुधबार ०९:०० मा प्रकाशित

आज जुन ५ अर्थात विश्व वातावरण दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी बुधबार नेपालमा पनि मनाईँदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘वायु प्रदुषणलाई जितौं’ भन्ने तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा वर्षेनी मनाउन थालिएको हो ।