मौसम अझै बदली, साँझतिर मेघ गर्जनसहित वर्षा हुने

होमल्याण्ड खबर

२०७६ जेष्ठ २२ गते, बुधबार ११:४३ मा प्रकाशित

बुधबार दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपराह्नपछि वा साँझतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले जारी गरेको तीनदिने बुलेटिनमा बुधबार राति देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।

यसैगरी भोलि विहीबार दिउँसो  देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै, भोलि राति देशका पहाडी भेगका अधिकांश स्थानहरूमा आंशिक वदली रही थोरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

आउँदो शुक्रबार दिउँसो देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी भूभागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन तथा  हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । 

शुक्रबार राति देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी पहाडी भूभागका स्थानहरूमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।