९ मंसिर २०८१, आईतवार
भारतस्थित पश्चिम बंगालमा लोकसभा चुनावका बेलादेखि सुरु भएको हिंसात्मक घटना अझै रोकिएको छैन ।
परगना जिल्लामा शनिबार बेलुकी भारतीय जनता पार्टी भाजपा र तृष्णमूल काँग्रेसबीच भएको भिडन्तमा गोली चलेपछि भाजपाका ४ तथा तृष्णमूलका १ कार्यकर्ताको ज्यान गएको छ ।
५ जना घाइते भएका छन् । पुलिसले यसबारेमा केही बोलेको छैन । भाजपाका प्रदेश महासचिव सायन्तन बसुले तृणमूलका कार्यकर्ता सन्देशखली इलाकामा भाजपाको डन्डा निकालेर फ्याँफिरहेको देखेपछि त्यसलाई रोक्न जाँदा गोली चलेको बताएका छन् ।
उनको दावी छ कि थप दुई जनाको पनि मृत्यु भएको खवर आए पनि शव अझै भेटिएको छैन ।
घटनाको जानकारी गृहमन्त्री अमित शाहलाई दिइसकिएको छ । भाजपाले भाजपा अध्यक्ष एवं गृहमन्त्री अमित शाहलाई यसको रिपोर्ट पठाएको छ ।
रिपोर्टमा मुकुल रोयले भनेका छन्, ‘तृणमूलका गुन्डाहरुले भाजपा कार्यकर्तामाथि हमला गरे । हाम्रा चार कार्यकर्ताको गोली मारेर हत्या भएको छ ।’
भाजपा सांसदहरुको एक टिम सोमबार उक्त घटनास्थल आसपासमा जानेछ ।