प्रधानमन्त्री आलीले बेलायती राजकुमार ह्यारीलाई भेट्ने

होमल्याण्ड खबर

२०७६ जेष्ठ २७ गते, सोमबार १०:३३ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले बेलायती राजकुमार ह्यारीलाई भेट्ने भएका छन् ।

बेलायत आएको भोलिपल्ट तथा आगामी मंगलबार प्रधानमन्त्री ओली र राजकुमार ह्यारीबीच केन्सिङगटन प्यालेसमा भेट हुने तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ लन्डन पुग्नेछन् ।

प्रधानमन्त्री ओली र ह्यारीबीच द्विपक्षीय हितसम्बन्धी विविध विषयमा छलफल हुने नेपाली दूतावासले बताएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार बेलायती प्रधानमन्त्री टेरिसा मेसँग पनि १० डाउनिङ स्ट्रिटस्थित उनकै कार्यालयमा भेट्ने कार्यक्रम छ ।

राजकुमार ह्यारीसँगको भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीबाहेक मन्त्रीहरू सहितका उच्चाधिकारी सहभागी हुनेछन् ।

राजकुमार ह्यारीसँगको भेटलाई बेलायत र यहाँको राजपरिवारले आफ्नो नेपालसँगको सम्बन्धलाई दिएको विशेष महत्वका रूपमा समेत हेरिएको छ ।