लोकसेवा आयोगको विज्ञापन रद्दपछि आन्दोलनमा उत्रिए विद्यार्थी

होमल्याण्ड खबर

२०७६ जेष्ठ २८ गते, मंगलवार १३:४२ मा प्रकाशित

लोकसेवा आयोगको विज्ञापन रद्दगरेपछि फाराम भरेका विद्यार्थीहरु मंगलबार माइतिघर मण्डलामा आन्दोलनमा उत्रिएका छन् ।

‘लोकसेवाको विज्ञापन खारेज गरेर करारमा कार्यकर्ता भर्ती केन्द्र बनाउन पाइदैन’ ‘मनपरी निर्णय गर्न पाइदैन, अराजकता निर्णय ल्याउने राज्य व्यवस्था समिति चाहिदैन’, ‘संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर, हजारौं युवाको भविष्य अन्योलमा पार्न पाइदैन’ जस्ता नाराहरु लगाउँदै उनीहरुले आन्दोलन गरेका छन् ।

स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले ९ हजार एक सय ६१ पदमा विज्ञापन मागेको थियो । लोकसेवा आयोगका अनुसार आइतबारसम्म विभिन्न पदमा गरी ७८ हजार जनाले फाराम भरिसकेका छन् ।