दमकलमा जनशक्ति अभाव

होमल्याण्ड खबर

२०७४ चैत्र ४ गते, आईतवार १०:१७ मा प्रकाशित


जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अभाव भएको छ । दमकल सञ्चालनका लागि नौ जनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जना मात्रै हुने गरेको नगर प्रहरी कार्यालयले बताएको छ । ।
महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १० जना करारका कर्मचारी गरेर दमकलमा ११ जना कार्यरत छन् । यिनीहरुले बिहान÷बेलुका काम मिलाउँदा चार पाँच जना मात्रै तयार अवस्थामा कार्यालयमा हुन्छन् ।
आगो लाग्नासाथ कर्मचारी दमकल लिएर घटनास्थलमा पुग्नु पर्ने हुन्छ । चालक, पानी फाल्ने मान्छे, रोलिङ बोक्ने, हान्नका लागि इशारा गर्ने, पानी नियन्त्रण गर्ने लगायतले आआफ्नो जिम्मेवारीको काम गर्छन् । थोरै जनशक्ति हुँदा एक व्यक्तिले नै एकभन्दा बढी काम गर्नुपर्छ । पानीको गति धेरै हुँदा नियन्त्रणका लागि धेरै जना चाहिन्छ । धेरै गति हुँदा चार जनासम्म चाहिन्छ, त्यही काम दुई जनाले गर्न सक्दैनन् । भन्ने गुनासो नगर प्रहरी कार्यालयको छ ।