१ चैत्र २०८२, आईतवार
कैलाली र कञ्चनपुर जिल्लामा बुधबार बिहानदेखि फेरि आँधीबेहरी सुरु भएको छ ।
बिहानैदेखि अचानक आँधीबेहरीसँगै वर्षा सुरु भएपछि जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालये कैलालीले जनाएको छ।


यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए ।
बिहीबारको हुरीका कारण घरबारबिहिन भएकाहरु फेरि हुरी चलेपछि बिचल्लीमा परेका छन् । कैलालीका हुरी पीडितहरुले राहत पाउन सकेका छैनन् ।