लोकसेवा परीक्षार्थीहरु पुनः सडकमा उत्रिए

होमल्याण्ड खबर

२०७६ जेष्ठ २९ गते, बुधबार १४:२२ मा प्रकाशित

लोकसेवाको परीक्षा तयारीमा रहेका परीक्षार्थीहरु राजधानीको माइतीघरमा बुधबार पनि प्रर्दशन गर्दै उत्रिएका छन्।

उनीहरुले राजधानीको माइतीघर मण्डलामा जम्मा भएर लोकसेवाको परीक्षा  माग राख्दै संसदको राज्य व्यवस्था समितिविरुद्ध नाराबाजी गरेका हुन्।

लोक सेवाले स्थानीय तहमा ९ हजार १ सय ६६ जना कर्मचारीका लागि जेठ १५ गते खोलेको विज्ञापन संसदको राज्य व्यवस्था समितिले रद्द गर्न निर्देशन दिएसँगै परीक्षार्थी आन्दोलित भएका हुन्।

समितिले स्थानीय तहमा भर्नाका लागि खोलिएको लोकसेवा संविधान अनुसार समावेशी नभएको बताउँदै आएको थियो ।

युवाहरुको आन्दोलनमा साथ दिन साझा पार्टीका अध्यक्ष रवीनद्र मिश्र पनि माइतीघर पुगेका छन्।

उनले त्यहाँ पुगेर सम्बोधन गर्दै आफ्नो र देशका लागि लडिरहन परीक्षार्थी आग्रह गरेका छन् ।