पित्तथैलीको अपरेशन गर्दा आन्द्रा छेँडिएपछि विरामीको मृत्यु, अस्पताल परिसरमा नाराबाजी

होमल्याण्ड खबर

२०७६ जेष्ठ ३० गते, बिहीबार १४:५३ मा प्रकाशित

काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको छ । 

ओम अस्पतालले पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको छ ।

पित्तथैलीमा समस्या भएकाले उपचारका लागि  गत शुक्रबार अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको  मृत्यु महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

रामप्यारीको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

उनीहरुले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । अस्तालको लापरबाही भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।