९ मंसिर २०८१, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार साँझ पेरिसमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध लगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो पेरिसस्थित नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओली युरोप भ्रमण पुरा गरेर आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।