१ चैत्र २०८२, आईतवार
नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालयको त्रिवि सेवा आयोगको मुल गेटमा तालाबन्दी गरेका छन् ।
जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशनसमेत बसिरहेका उनीहरुले सोमबार आयोगमा तालाबन्दी गरेका हुन् ।


आयोगले लिएको परीक्षाको नजिता खारेजीको माग गर्दै तालाबन्दी गरिएको अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने जानकारी दिइन् ।
अनियमितता गरी प्रकाशित गरिएको नजिता स्थगित गर्न माग गरेको तर परीक्षा स्थगित नगरी अन्तर्वाता लिइरहेकाले तालाबन्दी गर्नु परेको उनको भनाई थियो ।
यसअघि क्रान्तिकारीले जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका थिए ।