१ चैत्र २०८२, आईतवार
मंगलबार बिहान हुम्लाको कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको अझै पत्ता लाग्न सकेको छैन ।
हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप मंलबार दिउँसो कर्णाली नदीमा खसेको हो ।


मंगलबार साँझ सम्म खोजि गर्दा नभेटिएपछि बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबलको टोलीले कर्णालीको किनारमा खोजि कार्य शुरु गरिएको छ ।
काठमाडौंबाट गोताखोरको टोली लिएर गएको हेलिकोप्टर केहिबेरमा घट्नास्थल पुगेको छ ।
मंगलबार उद्धारमा गएका ४ वटा हेलिकप्टर मौसम खराब भएका कारण राउन्ड लगाएर फर्केका थिए ।
जीप नदीमा खस्दा बेपत्ता हुनेहरुमा गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहितका १० जना रहेका छन् ।