काठमाडौंको गोकर्णमा बस दुर्घटना: एकको मृत्यु, २० घाइते

होमल्याण्ड खबर

२०७६ असार ५ गते, बिहीबार १५:३८ मा प्रकाशित

काठमाडौंको गोकर्णमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने अन्य २० जना घाइते भएका छन् ।

बिहीबर दिउँसो सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा१ख८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बसका सहचालक भएपनि परिचय भने खुल्न सकेको छैन ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।