२ चैत्र २०८२, सोमबार
लोक सेवा आयोगले गरेको विज्ञापनका सम्बन्धमा परेका ४ वटा रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदैछ ।
यसअघि आइतबार चारवटै रिटमाथि एक साथ सुनुवाइ शुरू भएको थियो । बहस नसकिएपछि अर्को सुनुवाइ आजका लागि तोकिएको थियो ।


ती ४ वटै रिटहरु न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा परेको छ ।
अधिवक्ता विकास ठाकुरले लोक सेवाले निकालेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत रहेको जिकर गर्दै त्यसलाई रद्द गर्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका छन् ।
लोक सेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि विज्ञापन आह्वान गरेको छ ।
यसका लागि आवेदन दिने म्याद यही असार १० गते सकिए पनि आउँदो १७ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ ।