एसईईको नतिजा प्रकाशितः यसरी रिजल्ट हेर्न सकिन्छ

होमल्याण्ड खबर

२०७६ असार १२ गते, बिहीबार १६:२८ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ ।

गत वर्ष चैत १० गतेदेखि ३० गतेसम्म सञ्चालित परीक्षाको नतिजा बोर्डले बैठक बसेपछि बिहीबार प्रकाशित गरेको हो ।

एसईईको नतिजा टेलिफोन, मोबाइल एसएमएस र वेबसाइटबाट हेर्न सकिने छ । १६०० नम्बरमा फोन गरेपछि आवश्यक निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेर नतिजा थाहा पाउन सकिने छ ।

नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ ।

एसएमएससँगै वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

शिक्षा मन्त्रालयको वेबसाइट https://www.moe.gov.np/, शिक्षा विभागको वेबसाइट http://www.doe.gov.np/ बाट समेत नतिजा थाहा पाउन सकिने जनाइएको छ ।

सो परीक्षमा ४ लाख ७५ हजार ३ सय विद्यार्थी सहभागी भएका थिए ।