घूससहित पक्राउ परेका सिञ्चाई प्रमुखलाई सत्तारुढ दलका युवाद्वारा कालोमोसो

होमल्याण्ड खबर

२०७६ असार १२ गते, बिहीबार १६:५६ मा प्रकाशित

आजै दुई लाख घूस रकमसहित पक्राउ परेका सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजित कुमार श्रीवास्तवलाई सत्तारुढ दलका युवाहरुले कालोमोसो दलेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवलाई कार्यालयबाटै आज (बिहीबार) दिउँसो पक्राउ गरेको थियो ।

श्रीवास्तवले उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै २ लाख रकम घुस लिएका थिए ।